काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ ।

आज नेप्से परिसूचक २५ अंकले बढेर २७३१ बिन्दुमा पुगेको छ । १६१ कम्पनीको मूल्य बढ्दा ८७ कम्पनीको मूल्य घटेको छ ।

३१२ कम्पनीको दुई करोड कित्ता सेयर किनबेच हुँदा नौ अर्ब ६८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेण्टको ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुटवल पावर कम्पनीको ३२ करोड, सानिमा बैंकको २६ करोड, सप्तकोशी डेभलपमेन्ट बैंकको १९ करोड र सीइडीबी होल्डीङसको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा मकर खोला हाइड्रोको ८.१५ प्रतिशत, मान्दु हाइड्रोको ६.७६ प्रतिशत, समता घरेलु लघुवित्तको ६.५७, भगवती हाइड्रोको ६.५२ प्रतिशत र सनिमा बैंकको ४.८० प्रतिशतले सेयर मूल्य बढेको छ ।