काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोर अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.०२ अंक घटेर २७३९.९५ विन्दुमा झरेको छ।
पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले आइतबार पनि निरन्तरता दिएको हो। नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार पाँच अर्ब दुई करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज ३२३ स्टकको ५८ हजार १०५ पटकको कारोबारमा ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार रुपैयाँबराबरको एक करोड ४० लाख ९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ३.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १।३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१८ अंक घटेको छ। आइतबार विकास हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ३५ रुपैयाँ ३० पैसा बढेर ३८८ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।
आज हिमालयन डिष्टिलरी लिमिटेड कम्पनीको एक अर्ब ७५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २४ करोड, हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।





