काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। उनी आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
प्रधानमन्त्री शाहको स्वागतका लागि विमानस्थलमा रेड कार्पेट बिछ्याइएको थियो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले नेपाल–भारत बिजनेस फोरममा पनि सहभागिता जनाउनेछन्।
त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि प्रधानमन्त्री शाहको भेटवार्ता हुने कार्यक्रम रहेको छ।












