काठमाडौं । स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहता र नेपालका लागि भारतका राजदूत  नवीन श्रीवास्तव बीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र भारतबीच लामो समयदेखि रहिआएको ऐतिहासिक सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विविध पक्षमा छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भेटका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरिन्।छलफलमा नेपालको राष्ट्रियस्तरका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्र स्थापना तथा समग्र स्वास्थ्य पूर्वाधार विकासमा आगामी दिनमा भारतीय सहयोग थप विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।

ADVERTISEMENT

दुवै पक्षले स्वास्थ्य सेवा पहुँच विस्तार, प्राविधिक सहयोग र पूर्वाधार विकासमार्फत नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा सहमति जनाएका छन्।नेपाल र भारतबीच स्वास्थ्य क्षेत्रमा विगतदेखि नै विभिन्न परियोजना तथा प्राविधिक सहयोगमार्फत सहकार्य हुँदै आएको छ।

 

ADVERTISEMENT