काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेको नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रतिनिधिमण्डलले भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेसँग भेटवार्ता गरेको छ।
आइतबार नयाँ दिल्लीस्थित प्रधानमन्त्री बसेको होटलमा भएको भेटवार्तामा नेपाल र भारतबीचको आर्थिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको परिसंघले जनाएको छ।
भेटमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष विष्णुकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी र उपाध्यक्ष राजबहादुर शाह सहभागी थिए।
छलफलका क्रममा दुई देशबीच आर्थिक सहकार्य विस्तार, व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने तथा आपसी आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विषयमा कुराकानी भएको परिसंघले जनाएको छ।












