काठमाडौं । प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलरले दुई फरक उमेर र समयको प्रेमकथा प्रस्तुत गरेको छ ।

ट्रेलरमा युवावस्थाको जोडीका रूपमा अनमोल केसी र प्रिन्सी खतिवडा देखिएका छन् भने पाको उमेरका पात्रमा भुवन केसी र गरिमा पन्तलाई प्रस्तुत गरिएको छ । यसले एउटै प्रेमकथालाई दुई पुस्ताको अनुभव र समयसँग जोडेको संकेत गर्छ ।

ADVERTISEMENT

फिल्ममा अनमोलले काजी नामको गाउँमा पढाउने शिक्षकको भूमिका निर्वाह गरेका छन् । शिक्षकका रूपमा गाउँमा रहँदा उनको भेट प्रिन्सीसँग हुन्छ र उनीहरूबीच प्रेम सम्बन्ध सुरु हुन्छ ।

ADVERTISEMENT

तर, उनीहरूको सम्बन्धलाई अनमोलको परिवारले स्वीकार गर्दैन । परिवारले उनीहरूको प्रेम किन अस्वीकार गर्छ र विभिन्न अवरोधबीच प्रेमले पूर्णता पाउँछ कि पाउँदैन भन्ने प्रश्नलाई ट्रेलरले रहस्यकै रूपमा राखेको छ ।

सन् १९७० को दशक अर्थात् २०३० को दशकको ग्रामीण परिवेशमा तयार पारिएको फिल्मले पुरानो समयको सामाजिक संरचना, प्रेम र सम्बन्धलाई पर्दामा उतार्ने संकेत गरेको छ । ट्रेलरको दृश्यशैली र कथावस्तुले यसलाई क्लासिक प्रेमकथाको झल्को दिएको छ ।

(भिडिओ)

facebook sharing button
twitter sharing button