काठमाडौं । ११ वर्षपछि अभिनेता अनमोल केसी पुनः चलचित्र ‘जेरी’ को सिक्वेल लिएर आएका छन् । नयाँ चलचित्र ‘जेरी अन टप’ को तीनवटा पोस्टर बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ ।

अनमोलले ११ वर्षपछि जेरी फर्किएको बताएका छन् । उनले तीनवटा पोस्टर राख्दै आगामी तिहारमा दर्शकले रमाइलो र डरलाग्दो अनुभव प्राप्त गर्नसक्ने बताएका छन् । चलचित्र असोज ३१ गते रिलिज हुनेछ । चलचित्रमा भुवन केसी, जसिता गुरुङ, उषा खड्गी, केदार घिमिरे माग्नेबुढाको प्रमुख भूमिका रहेको छ ।

ADVERTISEMENT

पोस्टरमा अनमोल र आँचल शर्माको केमेस्ट्री गज्जब देखिएको छ । चलचित्रका लेखक हेमराज बिसी र निर्देशक सुयोग गुरुङ हो । चलचित्र हिमाली कथा र जनजीवनमा आधारित रहेको बताइन्छ ।

ADVERTISEMENT