काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

ADVERTISEMENT

वर्षाका कारण प्रभावित खेल निर्धारित समयभन्दा करिब चार घण्टा ढिलो सुरु हुन लागेको हो। मैदान सुकाउन समय लागेपछि खेल पाँच–पाँच ओभरमा सीमित गरिएको छ।

ADVERTISEMENT

यसअघि साँझ ७ः४१ बजे खेल सुरु हुने भनिए पनि मैदानको अवस्थालाई लिएर सुदूरपश्चिमले असहमति जनाएको थियो। खेलाडीको सुरक्षा र बाउन्ड्री छोटो बनाइएको विषयमा फरक मत राख्दै सुदूरपश्चिमले खेल्न अस्वीकार गरेको थियो।

लामो छलफलपछि दुवै पक्षबीच सहमति जुटेपछि सुदूरपश्चिम खेल्न तयार भएको हो।