काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले भारतीय मूलका अमेरिकी क्रिकेटर शुभम रांजणेलाई पुनः अनुबन्ध गरेको छ ।

रांजणेले एनपीएलको दोस्रो संस्करणमा पनि विराटनगर किंग्सबाट खेलेका थिए । उनले चार खेलमा ८७ रन बनाउनुका साथै १० ओभर बलिङ गर्दै पाँच विकेट लिएका थिए ।

ADVERTISEMENT

ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने उनको क्षमताका कारण विराटनगरले उनलाई सिजन–३ का लागि पनि टोलीमा निरन्तरता दिएको जनाएको छ ।

ADVERTISEMENT

टोलीमा पुनः आबद्ध भएपछि रांजणेले आगामी सिजनमा अझ प्रभावकारी प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘विराटनगर किंग्ससँग फेरि जोडिन पाउँदा म निकै उत्साहित छु ।

गत सिजनको अनुभव विशेष थियो र टोलीसँगको सम्बन्ध पनि निकै राम्रो रह्यो,’ उनले भने, ‘अब सिजन–३ मा अझ राम्रो प्रदर्शन गर्दै टोलीको लक्ष्य पूरा गर्न योगदान दिने मेरो प्रयास हुनेछ ।’

ADVERTISEMENT