काठमाडौं । एग्रो बाई फुड्स प्रा.लि. अन्तर्गतको इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि आठमध्ये ६ फ्रेन्चाइज टोलीसँग तीन वर्षे टाइटल स्पोन्सरसिप सम्झौता गरेको छ।

सम्झौतामा जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज, कर्णाली याक्स, चितवन राइनोज र पोखरा एभेन्जर्स सहभागी भएका छन्। सम्झौताअनुसार आगामी तीन वर्षसम्म यी टोलीहरूको खेल जर्सीको अगाडिको प्रमुख स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ।

ADVERTISEMENT

कम्पनीले नेपाली खेलकुदको इतिहासमै निजी क्षेत्रबाट भएको सम्भावित सबैभन्दा ठूलो व्यावसायिक साझेदारी भएको दाबी गरेको छ। कम्पनीका अनुसार यो लगानी केवल ब्रान्ड प्रवर्द्धनका लागि नभई नेपाली क्रिकेटको व्यावसायिक विकास, राष्ट्रिय खेलकुदको प्रवर्द्धन तथा खेलमार्फत नेपालीलाई भावनात्मक रूपमा जोड्ने उद्देश्यले गरिएको हो।

ADVERTISEMENT

एग्रो बाई फुड्सकी बिजनेस हेड सोनिया राणाले यस सहकार्यले नेपाली क्रिकेटप्रति निजी क्षेत्रको विश्वास अझ बलियो बनाएको बताइन्। नेसनल सेल्स म्यानेजर कृष्ण दाहालले एनपीएलसँगको सहकार्यले नेपाली क्रिकेटको दीर्घकालीन विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

एक्स्ट्रिम इनर्जी ड्रिंक्स यसअघि पनि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजक रहँदै आएको छ। साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथनलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा कम्पनीले निरन्तर लगानी गर्दै आएको जनाएको छ।

ADVERTISEMENT

यसैबीच, नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सनसमेत सुरु गरेको छ। अक्सनमार्फत आठ फ्रेन्चाइज टोलीले ५२ नेपाली खेलाडी अनुबन्ध गर्नेछन्। प्रतियोगिता आगामी दशैँपछि आयोजना हुने तयारी गरिएको छ।