काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत चाँदीको बल प्रदान गर्ने भएको छ।

खेलाडीको कौशल, मेहनत र व्यक्तिगत प्रदर्शनलाई सम्मान गर्ने उद्देश्यले कम्पनीले यो पहल सुरु गरेको हो। आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ।

ADVERTISEMENT

ती टोलीका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गरिने कम्पनीले जनाएको छ। एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीले यो सम्मान पाउनेछन्।

ADVERTISEMENT

एनपीएलको उद्घाटन खेलबाटै चाँदीको बल पुरस्कार वितरण सुरु भइसकेको छ। सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन्।

खेलाडीको व्यक्तिगत प्रदर्शनलाई सम्मान गर्दै उनीहरूमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना बढाउने कम्पनीको अपेक्षा छ। यस पहलले एनपीएलको रोमाञ्च र नेपाली क्रिकेटप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।