काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री उद्घाटन समारोहमा सहभागी हुने जानकारी दिएकी हुन् । यद्यपि, प्रधानमन्त्री कार्यक्रमस्थलमा पुग्ने समय भने निश्चित भइसकेको छैन ।

दाहालका अनुसार प्रधानमन्त्रीको सहभागिता र कार्यक्रमस्थल पुग्ने समयबारे अन्तिम टुंगो कार्यक्रमकै समयमा लाग्नेछ ।

ADVERTISEMENT

एनपीएलको उद्घाटन खेल आज साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

ADVERTISEMENT

नेपालको घरेलु क्रिकेटलाई व्यावसायिक रूपमा अघि बढाउने लक्ष्यसहित आयोजना हुँदै आएको एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलसँगै प्रतियोगिताका खेलहरू सुरु हुनेछन् ।