काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ। हिजो एकैदिन तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज ३ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ कायम भएको छ। आइतबार सुनको भाउ घटेर २ लाख ७८ हजार ५ सय रुपैयाँमा झरेको थियो।
यसअघि कात्तिक २ गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको थियो। गएको माघ १५ गते भने सुनको मूल्य ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४० रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी आज ३ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाउ २३० रुपैयाँ घटेर ३ हजार ९ सय ५५ रुपैयाँमा झरेको थियो।
चाँदीको मूल्य गएको माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य हो।









