काठमाडौं । स्थानीय बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २२० रुपैयाँले घटेको हो।
महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ३५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।









