सिरहा । सिरहाको गोलबजारमा दुई समुदायबीच भएको घटनासँग सम्बन्धित सार्वजनिक शान्तिविरुद्धको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापति दानिश खान पक्राउ परेका छन्।
गोलबजार नगरपालिका–११ का सभापति खानलाई प्रहरीले गोलबजार क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिएका छन्।
गत साउन १४ गते गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा खानको समेत मुख्य भूमिका रहेको आरोप लगाउँदै दुई महिनाअघि उनीविरुद्ध जाहेरी परेको थियो। पक्राउ परेका खानलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।
यसअघि सोही मुद्दामा प्रहरीले गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेव अनवरलाई पनि पक्राउ गरेको थियो। उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।









