काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रमले निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले वृद्धि भएर ३ लाख २२ हजार ७०० रुपैयाँ पुगेको छ।

यसअघि अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस दिन पनि सुनको मूल्य २ हजार ८०० रुपैयाँले बढेको थियो। पछिल्ला दिनमा लगातार मूल्य बढेसँगै सुनको भाउ नयाँ उचाइतर्फ अघि बढिरहेको छ।

ADVERTISEMENT

यता, चाँदीको मूल्य भने सामान्य रूपमा घटेको छ। महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँ कायम भएको छ।

ADVERTISEMENT

सुनको मूल्यमा निरन्तर वृद्धि भइरहँदा चाँदीमा भने सामान्य गिरावट देखिएको हो।