काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९ सय रुपैयाँ पुगेको हो।
यसअघि हिजो सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २० रुपैयाँले वृद्धि हुँदै ४ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघका अनुसार यसअघि गएको माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। उक्त दिन सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
चाँदीतर्फ पनि माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेर ऐतिहासिक उच्च मूल्य कायम भएको थियो। त्यसपछि माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो गिरावट मानिन्छ।
अन्तर्राष्ट्रिय बजारको मूल्य, अमेरिकी डलरको अवस्था तथा माग–आपूर्तिको प्रभावका कारण सुनचाँदीको मूल्यमा उतारचढाव देखिने गरेको छ।








