पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनुपर्ने बताएका छन्।
पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाले सोमबार आयोजना गरेको शोकसभामा बोल्दै सभापति थापाले पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्नुपर्ने बताएका हुन्।
थापाले नेपाली कांग्रेस ठूला नेताहरूको मात्र नभई गाउँमा बस्ने र पार्टी निर्माणमा योगदान दिएका सबैको पार्टी भएको बताए। कार्यक्रममा दिवङ्गत नेता गुरुङले पार्टी तथा समाजमा पुर्याएको योगदानको स्मरण गरिएको थियो।
शोकसभामा कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।








