काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ। बिहीबार तोलामा १ हजार ४०० रुपैयाँ बढेको सुनको भाउ शुक्रबार थप ३ हजार ३०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ पुगेको छ। बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

यसअघि बुधबार एकैदिन सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँ घटेको थियो। त्यसयता दुई दिनमा भने सुनको मूल्य ४ हजार ७०० रुपैयाँले बढिसकेको छ।

ADVERTISEMENT

गत कात्तिक २३ गतेदेखि लगातार एक सातासम्म घटेको सुनको मूल्य त्यस अवधिमा प्रतितोला ४१ हजार ७०० रुपैयाँले सस्तिएको थियो।

शुक्रबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँले बढेर ३ हजार ९५ रुपैयाँ पुगेको छ।

यसअघि गत माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो। त्यसयता झन्डै १० महिनाको अवधिमा सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँले घटिसकेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि गत माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो। यो चाँदीको हालसम्मकै उच्च मूल्य हो। त्यसको तीन दिनपछि अर्थात् माघ १८ गते चाँदीको मूल्य एकैदिन प्रतितोला १ हजार ५६५ रुपैयाँले घटेको थियो। यो हालसम्मकै ठूलो एकदिने गिरावट हो।