काठमाडौं । नेपाली कांग्रेस यतिबेला विभाजनको संघारमा छ । आफुबाहेक अर्को कोही नेता नेतृत्वमा पुगेको देख्न नचाहने प्रवृत्तिका कारण कांग्रेस अहिले इतिहासकै जटिल मोडबाट गुज्रिरहेको छ ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा र इतर समूह (शेखर कोइराला–गगन थापा) सक्रिय छ । तर अहिले महाधिवेशन नगरी चुनावमा जान नसकिने र चुनावअघि महाधिवेशन नै नगर्ने पक्षबीच विवाद छ ।

ADVERTISEMENT

अबको एक साताभित्र कांग्रेस विभाजन हुने कि सग्लै रहने भन्ने निक्र्योल हुनेछ । तर यस्तो अवस्थामा डा.शेखर कोइराला भने रमिने बनेर बसेका छन् । १४औं महाधिवेशनमा एकपटक सभापतिका उम्मेदवार भनेर उठेका कोइराला आफ्नै प्रतिबद्धताविरुद्ध १५औं महाधिवेशनमा पनि सभापति उठ्ने भनेर लागेका छन् । तर उनी बोल्ड ढंगले बोल्न र प्रस्तुत हुन सकेका छैनन् ।

ADVERTISEMENT

कांग्रेस नेताहरूका अनुसार शेखर अहिले देउवाले सभापतिमा समर्थन गरिदिने आशमा छन् । त्यही भएर बहुमतको निर्णय मान्नै पर्छ भनेर गगन थापा र विश्वप्रकाश शर्माको लाइनमा उभिन उनलाई सकस परेको छ ।

देउवा तिनै नेता हुन् जो हिजो गिरिजाप्रसाद कोइरालासँग भिडेका थिए । गिरिजाप्रसादसँग मात्रै होइन, सुशील कोइरालासँग पनि सभापतिमा भिडेका थिए । आफूलाई कारबाही गरेको रिसमा उनले कांग्रेस पनि विभाजन गरे । तर अहिले तिनै देउवा सही हो भन्दै हिँड्नुले शेखरको औचित्य सकिँदै गएको आमकांग्रेसजनको बुझाइ छ ।

ADVERTISEMENT

विशेष महाधिवेशन पुसमा गर्ने कि वैशाखको नियमित महाधिवेशनमा जाने भन्ने विषयले विवाद चर्किरहेका बेला कोइरालाले शनिबार छलफल चलाए । तर निष्कर्ष भने देश असहज परिस्थितिमा रहेको भन्दै अहिले नियमित महाधिवेशन र आमनिर्वाचनमा पार्टी केन्द्रित हुनुपर्ने निकाल्यो । पुस २३ गते राष्ट्रिय सभाको मनोनयन र माघ ६ गते प्रतिनिधिसभा प्रत्यक्षतर्फको मनोनयनको समय आइरहँदा चुनावअगावै पार्टीको नियमित महाधिवेशन पनि सम्भव नभएको छलफलले समीक्षा निकालेको छ।

नियमित महाधिवेशनको कार्यतालिका नै आइसकेपछि विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको कुरा शेखर समूहको छलफलले पनि निष्कर्ष निकालेको छ। शेखरलाई विशेष महाधिवेशन भएमा गगन थापाले सभापतिमा बाजी मार्लान् भन्ने भय देखिएको छ । त्यही भएर अहिले विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महतको लोलीमा शेखरको बोली मिसिएको छ । उनी पनि कांग्रेसका सात भाइकै लाइनमा उभिएको भन्दै उनकै समूहमा असन्तुष्टि उब्जिएको छ । यदि शेखर अहिले गगन-विश्वकाे पक्षमा उभिएकाे भए नियमित महाधिवेशनबाटै नेतृत्व चयन हुन्थ्याे । तर शेखरले आँट लिएनन् ।