काठमाडौँ । भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा सुधाकर दलेलालाई पठाउने भएको छ।
नवीन श्रीवास्तवले कार्यकाल पूरा गरेर फर्किएपछि भारतले उनको स्थानमा दलेलालाई राजदूतका रूपमा प्रस्ताव गरेको हो।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले आफ्नो कूटनीतिक यात्रा इजरायलबाट सुरु गरेका थिए। उनले ब्राजिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा सेवा गरिसकेका छन्।
दलेला भुटानका लागि भारतीय राजदूतसमेत भइसकेका छन्। हाल उनी भारतको विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत छन्।






