काठमाडौं । भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन्।
दुईदिने भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहलाई विमानस्थलमा स्वागत गरेका प्रसादले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका हुन्। उनले प्रधानमन्त्री शाहलाई स्वागत गरेको तस्बिरसमेत सार्वजनिक गरेका छन्।
‘नेपालका सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई भारतको नयाँ दिल्लीमा औपचारिक भ्रमणका क्रममा स्वागत गर्न पाउँदा खुसी लागेको छ,’ उनले लेखेका छन्, ‘तपाईंको यो पहिलो भारत भ्रमणले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई नयाँ गति र ऊर्जा प्रदान गर्नेछ।’
प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि शाहको यो पहिलो भारत भ्रमण हो। भ्रमणका क्रममा उनले आइतबार भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
त्यस्तै, सोमबार प्रधानमन्त्री शाहले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।












