काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैं सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्।

मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको बिदाइ भेटमा प्रधानमन्त्री शाहले दुई देशबीचको सम्बन्धबारे चर्चा गरेका हुन्। कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदूत श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।

ADVERTISEMENT

भेटका क्रममा प्रधानमन्त्री शाहले हालैको बाढीपहिरो तथा विपद्का बेला भारत सरकारले गरेको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गरे।

ADVERTISEMENT

प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै आगामी यात्राका लागि शुभकामना पनि व्यक्त गरे।

भेटमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतबीच विभिन्न विकास परियोजना सम्पन्न भएको जानकारी गराएका थिए। उनले नेपाल बसाइका क्रममा सहयोग गर्ने नेपाल सरकार तथा नेपाली जनतालाई धन्यवाद दिए।

ADVERTISEMENT