काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशन अन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरेको छ।

जारी महाधिवेशनका लागि तोकिएको कार्यतालिका अनुसार विभिन्न पदहरूमा दर्ता भएका उम्मेदवारीहरूको सूची सार्वजनिक गरिएको हो।   सूचना अनुसार, सभापति पदका लागि गगन कुमार थापा, किशोर सिंह राठौर  र श्यामकृष्ण खड्‌गी गरी ३ जनाको उम्मेदवारी परेको छ।

ADVERTISEMENT

यस्तै, वरिष्ठ उपसभापति (१ पद) का लागि विश्व प्रकाश शर्माको एकल उम्मेदवारी दर्ता भएको छ।  निर्वाचन समितिले प्रकाशित गरेको पहिलो नामावलीमा कुनै दाबी विरोध वा आपत्ति रहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सूचित गरेको छ।

ADVERTISEMENT

दाबी विरोधको प्रक्रिया सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।