काठमाडौं । नेपाली कांग्रेसको समावेशी उपसभापति पदमा थप दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मंगलबार रञ्जित कर्ण र सीता गुरुङले समावेशी उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

ADVERTISEMENT

यसअघि यही क्लस्टरबाट विनोद चौधरी, फरमुल्लाह मन्सुर र जीवन परियारले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

ADVERTISEMENT

कांग्रेसको समावेशी उपसभापति पदमा एक जना निर्वाचित हुने व्यवस्था छ । यससँगै उक्त पदमा उम्मेदवारी दिनेहरूको संख्या पाँच पुगेको छ ।