काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापतिसहित प्रमुख पदमा उम्मेदवारी दर्ता भएको छ । हालसम्म सभापति, उपसभापति र महामन्त्री पदको उम्मेदवारी विवरण सार्वजनिक भएको छ ।
सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन् ।वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ भने महिला उपसभापतिमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ ।
खुला उपसभापतिमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव गरी ९ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाहा मनसुर, सीता गुरुङ र रन्जित कर्णले उम्मेदवारी दिएका छन् ।
महामन्त्री पदमा खुलातर्फ ८ जना र महिलातर्फ ३ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन् ।
महिला महामन्त्रीमा डा. डिला संग्रौला, डिना उपाध्याय र रीता खनालले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका सदस्यसचिव राजु कटवालका अनुसार अन्य पदको उम्मेदवारी विवरण संकलन भइरहेको छ ।







