काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोलामा ३ लाख १ हजार रुपैयाँ कारोबार भएको थियो ।

यसैगरी मंगलबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ४ हजार ६०० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT