काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ लाख २ हजार ३ सयमा कारोबार भएको छ । मगंलबार सुन प्रतितोला ३ लाख २ हजार २ सयमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य ४ हजार ८ सय १५ रुपैंया कायम भएको छ । मगंलबार चाँदी ४ हजार ७ सय ७५ रुपैंया मा कारोबार भएको थियो ।




