काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोलामा ३० रुपैयाँले घटेर ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


