काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ३ हजार ४ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रूपैयाँ कायम भएको जनाएको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रूपैयाँ कायम भएको थियो ।
त्यस्तै, १०५ रूपैयाँले बढेर ४ हजार ८५५ रूपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७५० रूपैयाँ थियो ।





