काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यता चाँदीको मूल्य ८५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदीको प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

ADVERTISEMENT