चितवन । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै ईभी कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो।

ADVERTISEMENT

आगलागी नियन्त्रणमा लिएपछि प्रहरी र दमकल टोलीले कारभित्र एक जनालाई जलेर मृत अवस्थामा फेला पारेको थियो। मृतकको परिचय भने खुल्न सकेको छैन।

ADVERTISEMENT

आगलागीका कारण कार पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। कारमा आगो लाग्नुको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।