जनकपुरधाम । जनकपुरधाममा गएराति घरमा आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकस्थित घरमा आगलागी हुँदा ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो। राति अचानक घरमा आगलागी हुँदा सहनीले भाग्न नसकेपछि जलेर मृत्यु भएको स्थानीयले बताएका छन्।

ADVERTISEMENT

महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी सहनी अवकाशप्राप्त शिक्षक रहेको बताइएको छ। आगलागीका क्रममा उनकी नातिनी भने भागेर ज्यान जोगाउन सफल भएकी छन्।

ADVERTISEMENT

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।