भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ कपाली टोलमा बुधबार बिहान कवाडी पसलमा आगलागी भएको छ।

प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार नवराज भट्टले सञ्चालन गरेको कवाडी पसलमा बिहान करिब साढे ६ बजे आगलागी भएको हो।

ADVERTISEMENT

प्रहरीका अनुसार जस्ता र फलामले बनेको उक्त कवाडी पसलमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

ADVERTISEMENT

प्रहरी वृत्त जगातीका डीएसपी दीपक कार्कीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए। उनका अनुसार आगलागीको कारणबारे यकिन विवरण अनुसन्धानपछि मात्र खुल्नेछ।

प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट भएको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन।

ADVERTISEMENT