काठमाडौं । काठमाडौं महानगरपालिका–३२ को पेप्सीकोलामा आगलागी भएको छ । पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको कटेजमा आगलागी भएको हो ।

प्रहरी वृत्त, काँडाघारीका असई रमेश ओलीका अनुसार, राति साढे १२ बजे कटेजमा आगलागी भएको हो । प्रहरीका अनुसार, कटेजमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

ADVERTISEMENT

अहिले दमकल पुगेर आगलागी नियन्त्रणको प्रयास गरिरहेको असई ओलीले जानकारी दिए । अहिलेसम्म कटेजका सञ्चालक भने प्रहरीको सम्पर्कमा आइसकेका छैनन् ।

ADVERTISEMENT

अहिले दमकलसहित प्रहरीको टोली पुगेर आगो निभाउने काम गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।