रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका-१०, दुधिअवा स्थित एक घरमा बिजुली सर्ट भएर आगलागी भएको छ ।

स्थानीय दीपेन्द्रभक्त खरेलको काठको दुई तले घरमा सोमबार बिहान ७:१५ बजे आगलागी भएको हो ।

दमकलको सहयोगमा स्थानीय, सशस्त्र र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आइसकेको छ । आगलागीमा १८ लाख ५८ हजार रुपैयाँ बराबरका घरायसी सर(सामान नष्ट भएको नेपाल प्रहरीको प्रारम्भिक अनुमान छ ।

ADVERTISEMENT

ADVERTISEMENT