काठमाडौं । बागमती प्रदेशमा पाँच मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार कांग्रेसका पाँच मन्त्री नियुक्त गरेका हुन् ।

जसअनुसार उर्मिला नेपाल युवा तथा खेलकुद, कन्चनचन्द्र वादे सामाजिक विकास, प्रभात तामाङ आर्थिक मामिला तथा योजना, सुरेश श्रेष्ठ संस्कृति तथा पर्यटन र विनु रायमाझी पौडेल सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त भएका छन् ।

यसअघि एमालेका ६ र कांग्रेसबाट दुईजना मन्त्री नियुक्त भइसकेका छन् । विनाविभागीय मन्त्री शिवराज अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । शुक्रबार नियुक्त मन्त्रीहरूको सपथ आजै हुने बताइएको छ ।

निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले आफूले नियुक्त गरेका तीन मन्त्रीलाई मन्त्रिपरिषदमा सामेल गर्नुपर्ने मागलाई बेवास्ता गर्दै मुख्यमन्त्री बानियाँले पाँच मन्त्री नियुक्त गरेका हुन् ।

बागमती प्रदेश, मन्त्री परिषद् पूनर्गठन तथा बिस्तार एवम् कार्य बिभाजन
(१) मा. इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
(२) मा. मधुसूधन पौडेल मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
(३) मा. शिवराज अधिकारी मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय
(४) मा. किरण थापामगर मन्त्री, स्वास्थ्य मन्त्रालय
(५) मा. उर्मिला नेपाल मन्त्री, युवा तथा खेलकुद मन्त्रालय
(६) मा. कन्चन चन्द्र वादे मन्त्री, सामाजिक बिकास मन्त्रालय
(७) मा. डा. दिनेशचन्द्र देवकोटा मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
(८) मा. प्रभात तामाङ मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
(९) मा. भरतबहादुर के.सी. मन्त्री, वन तथा वातावरण मन्त्रालय
(१०) मा. सुरेश श्रेष्ठ मन्त्री, संस्कृति तथा पर्यटन मन्त्रालय
(११) मा. जयराम थापा मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय
(१२) मा. कृष्णकुमार तामाङ मन्त्री, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय
(१३) मा. विन्दु श्रेष्ठ मन्त्री उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय
(१४) मा. विनु रायमाझी पौडेल मन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्रालय