काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार मङ्गलबार बसेको दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

निर्णयसँगै एमालेका तर्फबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आज (बुधबार) मुख्यमन्त्रीसमक्ष आफ्नो राजीनामा बुझाउने तयारी गरेका छन्।

ADVERTISEMENT

संसदीय दलका नेता थपलियाले अब नयाँ राजनीतिक समीकरणअनुसार मिल्न सक्ने शक्तिहरूसँग सहकार्य गर्दै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइने बताए। उनले नेकपासँग सत्ता सहकार्य हुने सम्भावना पनि औँल्याएका छन्।

यसअघि मङ्गलबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ओली निवास, भक्तपुरमा समसामयिक राजनीतिक अवस्था र सत्ता समीकरणबारे छलफल भएको थियो। उक्त भेटवार्तापछि बागमती प्रदेशको राजनीतिक घटनाक्रमले नयाँ मोड लिएको छ।

ADVERTISEMENT

एमाले सरकारबाट बाहिरिएसँगै बागमती प्रदेशमा नयाँ सत्ता समीकरण र सरकार गठनको प्रक्रिया थप तीव्र हुने अपेक्षा गरिएको छ।