काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य गिरावट आएको छ।

साताको तेस्रो दिन आज नेप्से परिसूचक ०.२६ अङ्कले घटेर २६२२.२२ विन्दुमा बन्द भएको छ।

​आज दिनभरिमा ३४६ वटा कम्पनीका ४२ हजार ७०९ पटकको कारोबारमार्फत कुल ९५ लाख ८ हजार ८८२ कित्ता सेयरकिनबेच भएका छन्।

ADVERTISEMENT

यसबाट कुल ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा ११० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १५० वटाको घटेको छ। १८ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।

ADVERTISEMENT

कारोबार रकमका आधारमा आज साहस ऊर्जा लिमिटेड अग्रस्थानमा रहेको छ । जसको १७ करोड ५२ लाख रुपैयाँभन्दा बढीको सेयरकारोबार भएको छ। त्यसैगरी सोलु हाइड्रोको १६ करोड ८८ लाख रुपैयाँ, रिलायन्स स्पिनिङ मिल लिमिटेडको १५ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

ADVERTISEMENT