काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले ६१ दिन अवधि रहने निक्षेप संकलन उपकरणको बोलकबोल निष्कासन गर्नेछ।

निक्षेप संकलनमा सहभागी हुन चाहने नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल पेस गर्न सक्नेछन्। यस निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ।

ADVERTISEMENT

बोलकबोल प्रक्रियामा बैंकहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्ने छन्।

यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी असोज १४ गते हुनेछ। साथै, यो निक्षेप रकमलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिनेछ। बैंकहरूले बहुव्याजदरमा पनि बोलपत्र पेस गर्न पाउनेछन्।

ADVERTISEMENT