काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक हजार रुपैयाँ घटेको छ । चाँदी भने प्रतितोला १० रुपैयाँले बढेको हो।

ADVERTISEMENT

महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT