काठमार्डौं । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार चार सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रुपैयाँमा कारोबार भएको छ। आइतबारको सुन तोलामा दुई लाख ८३ हजार आठ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदी तोलामा चार हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबारको बजारमा चाँदी तोलामा चार हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।





