काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको हो।

नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच हजार तीन सय रुपैयाँले बढेर दुई लाख ९२ हजार रुपैयाँ पुगेको छ। बिहीबार सुन प्रतितोला १० हजार एक सयले घटेर दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार प्रतितोला चार हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १९० रुपैयाँले बढेर चार हजार ८४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।