काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० रुपैयाँ पुगेको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ ।

सोमबार सुनको मूल्य दुई लाख ८६ हजार ६०० र चाँदीको मूल्य पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस अनुसार सुनमा रु ३७०० र चाँदीमा रु १३५ को वृद्धि भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूको जानकारीअनुसार, आज विश्व बजारमा एक औँस सुन ४,६८७ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

ADVERTISEMENT