काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा पाँच हजार १०० र चाँदी ९० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ । एक तोला चाँदीको मूल्य चार हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।

ADVERTISEMENT

बुधब।र एक तोला सुन दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी चार हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

गत मंगलबार एक तोला सुन तीन लाख एक हजार ९०० रुपैयाँ र चाँदी चार हजार ९२५ रुपैयाँमा किनबेच भएको थियो ।

ADVERTISEMENT

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।