काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालय पुगेका छन् । उनलाई बीजेपी अध्यक्ष नितिन नवीनले स्वागत गरेका छन् ।
यस क्रममा सभापति लामिछानेले बीजेपी राष्ट्रिय अध्यक्ष नवीनलाई पशुपतिनाथ मन्दिरबाट लगेको रुद्राक्ष र तुलसीको माला तथा टीका उपहार दिएका थिए । रविको स्वागतमा रेड कार्पेटसहित नाचगानको व्यवस्था मिलाइएको छ ।
रवि बीजेपी कार्यालय पुग्दा परम्परागत झाँकी र फूलमालासहित उनलाई बीजेपी नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए । उनले बीजेपीका अध्यक्ष नीतिन नविनसँग भेटेका छन् । भेटका क्रममा नेताहरूले लामिछानेलाई भाजपाको कार्यालयको संरचनाबारे जानकारी गराएका थिए ।
भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको जनाइएको छ । लामिछाने पाँच दिने भ्रमणका लागि सोमबार भारत गएका हुन् । उनले नेपाली समुदाय र समर्थकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । भारत बसाइका क्रममा उनले अयोध्या भ्रमणसमेत गर्नेछन् ।









