काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेर ऐतिहासिक उपलब्धि हासिल गरेको भन्दै रविले मोदीलाई बधाई दिएका हुन् ।

रविले यसलाई उल्लेखनीय उपलब्धि मानेका छन् । ‘भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बन्ने ऐतिहासिक उपलब्धि हासिल गरेकामा नरेन्द्र मोदीजीलाई हार्दिक बधाई, एक उल्लेखनीय उपलब्धि,’ रविले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

ADVERTISEMENT

मोदीले लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेका जवाहरलाल नेहरुको कीर्तिमानलाई तोडेका हुन् । मोदीको यो तेस्रो कार्यकाल हो । उनी प्रधानमन्त्री बनेको १२ वर्ष पुगेको छ ।
रविले हालै आफ्नो भारत भ्रमणका क्रममा मोदीसँग भएका भेटवार्ता र छलफललाई मायालुको संज्ञा दिएका छन् ।

‘म दिल्लीमा भएको हाम्रो हालैको भेटघाट र हामीले साझा गरेका अन्तर्दृष्टिपूर्ण छलफलहरूलाई मायालुपूर्वक सम्झन्छु। समृद्ध नेपालको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको दृष्टिकोणबाट निर्देशित, हामी नेपाल भारत सम्बन्धलाई अगाडि बढाउन गहिरो प्रतिबद्ध छौं। हामी ती संवादहरूको वास्तविक भावनामा आर्थिक सहयोग र साझा विकासमा केन्द्रित पारस्परिक हितका मुद्दाहरूलाई पछ्याउन तत्पर छौं,’ रविले भनेका छन् ।

ADVERTISEMENT