काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै’मा परेको छ।सर्वोच्च अदालतका न्यायाधीश सारङ्ग सुवेदी र सुनिलकुमार पोख्रेलको संयुक्त इजलासमा सोमबार उक्त मुद्दामाथि सुनुवाइ भएको थियो। तर बहस नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको हो।
लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर गरिएको रिट निवेदनमाथि अदालतमा बहस भइरहेको छ।उक्त रिटमा महान्यायाधिवक्ता कार्यालयले सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय कानुनसम्मत नभएको दाबी गरिएको छ। मुद्दाको सुनुवाइ आगामी इजलासमा पनि निरन्तर हुने अदालत स्रोतले जनाएको छ।







