काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक सहमति नेताको व्यक्तिगत चाहनाभन्दा पनि देशको आवश्यकताअनुसार हुनुपर्ने बताएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहसँग सात बुँदे सहमति भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो धारणा सार्वजनिक गरेका हुन्।

लामिछाने र शाहबीच भएको सहमतिअनुसार पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने नै रहनेछन् भने आगामी प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अगाडि बढ्नेछन्।

ADVERTISEMENT

सहमति पश्चात् बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्ने निर्णय गरिएको छ। यसले पार्टीको पहिचान र अहिलेसम्मको राजनीतिक यात्रालाई निरन्तरता दिने संकेत गरेको विश्लेषकहरूको भनाइ छ।

सहम्झौतापत्रमा लामिछाने र शाह दुवैले आ–आफ्नो पदीय हैसियत उल्लेख नगरी नाममात्रै हस्ताक्षर गरेका छन्। कागजातमा राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी विषयवस्तु समेटिए पनि रवि लामिछानेको नामसँग औपचारिक पद उल्लेख गरिएको छैन।

ADVERTISEMENT