काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झन्डै आधा दर्जन कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकले लुम्बिनी वल्र्ड पिस फोरमसँगको सहकार्यमा ‘दश लाख वृक्षरोपण तथा संरक्षा अभियान’अन्र्तगत पृथ्वी दिवसको अवसर पारेर खप्तड छेडेदह गाउँपालिका–१, काँडामा दुई हजारवटा कागतीको विरुवा वृक्षरोपण गर्न आर्थिक सहयोग गरेको छ ।
हरियाली क्षेत्र विस्तार गर्न, स्थानीय खाद्य सुरक्षा सुदृढ गर्न, दिगो स्रोत उपयोग गर्न तथा रोजगारी सिर्जनामार्फत दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा जीवीकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ कार्य गरिएको हो ।
त्यसैगरी, क्यान्सर रोगको प्रारम्भिक पहिचान, रोकथाम तथा उपचारबारे जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गर्न तथा सोही कार्यक्रमबाट संकलित रकम कान्ति बाल अस्पतालमा रहेका क्यान्सर वार्डमा हस्तान्तरण गर्न आयोजना गरिएको कार्यक्रमलाई बैंकले आर्थिक सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नै ग्लोबल मनी विक २०२६ को अवसर पारेर बैंकले श्री युद्ध संस्कृत माध्यमिक विद्यालय, नेपालगंज बाँकेमा अध्ययनरत विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग गर्नेे उद्देश्यका साथ शैक्षिक सामग्री वितरण गरेको छ ।
त्यसैगरी, युवाहरूमाझ जिम्मेवार वित्तीय सचेतना र व्यावहारिक आर्थिक ज्ञान प्रबद्र्धन गर्न, वित्तीय साक्षरता विस्तार गर्न, शैक्षिक तथा ज्ञानमा आधारित सामाजिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ सातौं नेपाल इकोनोमिक ओलम्पियाडलाई आर्थिक सहयोग गरेको छ ।
बैंकले साताव्यापी रुपमा मनाएको ग्लोबल मनी विकको अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका देशैभरी रहेका विभिन्न शाखा तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रम सम्पन्न गरेको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालय र करिब आठ लाख ५० हजारभन्दा बढी ग्राहकहरू छन् ।








